ad ad

समाज


नवलपरासीमा ढलेको रुखले लाग्दा २७ वर्षीया युवतीको मृत्यु

नवलपरासीमा ढलेको रुखले लाग्दा २७ वर्षीया युवतीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०८१ आइतबार ११:३४, नवलपरासी

नवलपरासीमा ढलेको रुखले लाग्दा एक युवतीको मृत्यु भएको छ। 

नवलपरासीको सरावल गाउँपालिका- १ सालबासस्थित सृष्टी सामुदायिक वनभित्र ढलेको रुखले लाग्दा स्थानीय विशाल चौधरीकी श्रीमती २७ वर्षीया पार्वती चौधरीको मृत्यु भएको हो।

चौधरी पत्नीलाई साथमा लिएर शनिबार दिउँसो माछामार्न घर नजिकै जंगल क्षेत्रको खोलामा गएका थिए। 

माछा मार्ने क्रममा एक्कासी सिसौको सुकेको रुख ढली गर्धनमा लाग्दा पार्वती गम्भीर घाइते भएकी थिइन्। 

उनलाई उपचारको लागि चिसापानी अस्पताल बर्दघाट लगिएको थियो। उपचारकै क्रममा गएराति डाक्टरले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .