ad ad

समाज


राष्ट्रसंघ महासभाको ‘फ्युचर समिट’ मा सहरी कृषि सम्बन्धी अध्ययनको निष्कर्ष पेस हुने

राष्ट्रसंघ महासभाको ‘फ्युचर समिट’ मा सहरी कृषि सम्बन्धी अध्ययनको निष्कर्ष पेस हुने

नेपालखबर
भदौ २९, २०८१ शनिबार १५:२२, काठमाडौँ

सहरी कृषि सम्बन्धी अध्ययनले संयुक्त राष्ट्रसंघको महासभामा आयोजना हुने ‘फ्युचर समिट २०२४’ मा आफ्नो अध्ययनबाट प्राप्त निष्कर्ष प्रस्तुत गर्ने भएको छ। 

नेदरल्यान्डस्थित ग्रोनिन्जेन विश्वविद्यालयका डा. प्रजल प्रधान नेतृत्वको ९ जनाको टोलीले गरेको विश्वव्यापी अध्ययनबाट सहरी कृषिले दिगो विकास लक्ष्यहरूलाई पार्ने प्रभावबारे प्राप्त निष्कर्षहरुलाई उक्त समिटमा पेस गरिने भएको हो।

यस अनुसन्धानमा विश्वभरिका लगभग १ हजार ४ सय ५०  प्रकाशनहरूको समीक्षा गरी सहरी कृषिले दिगो विकास लक्ष्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रभाव कसरी पार्छ भन्ने विस्तृत मूल्यांकन गरिएको बताइएको छ।

डा. प्रधानका अनुसार, सहरी कृषिले दिगो विकासका लागि अत्यन्त सम्भावना राख्छ। अध्ययनले सहरी कृषिका प्रमुख चुनौतीहरू समेत पहिचान गरेको छ। 

अध्ययनको प्रतिवेदन ‘सस्टेनेबिलिटी जर्नल’मा प्रकाशित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .