ad ad

समाज


७५ जिल्लाका ८ हजार बढी मानिसमा डेंगी, गण्डकी र बागमती प्रदेशमा उच्च संक्रमण

७५ जिल्लाका ८ हजार बढी मानिसमा डेंगी, गण्डकी र बागमती प्रदेशमा उच्च संक्रमण

नेपालखबर
भदौ २६, २०८१ बुधबार १७:५१, काठमाडौँ

देशका ८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो आठ महिनामा देशका ७५ जिल्लामा डेंगीको संक्रमण फैलिएको हो। 

महाशाखाले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार हाल देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा यसको संक्रमण देखिएको छ। यस अवधिमा डेंगी संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

तथ्यांक अनुसार गण्डकी र बागमती प्रदेशमा सबैभन्दा उच्च संक्रमण छ। गण्डकी प्रदेशमा ३ हजार ८ सय ६३ जनामा संक्रमण फैलिएको छ । सबैभन्दा उच्च संक्रमण हुने १० जिल्लामा गण्डकी प्रदेशको तनहुँ र कास्की जिल्ला रहेको छ। 

तनहुँमा एक हजार ३ सय ६ जनामा र कास्कीमा एक हजार ४० जनामा संक्रमण देखिएको छ। 

संक्रमण उच्च देखिएको अर्को प्रदेश बागमतीमा २ हजार ७४ जनामा संक्रमण फैलिएको छ ।  

कोशी प्रदेशमा ९ सय ४४, लुम्बिनीमा ५ सय ५६, सुदूरपश्चिममा ४ सय ६४ जनामा डेंगी संक्रमण देखिएको छ। सबैभन्दा कम संक्रमण मधेस र कर्णाली प्रदेशमा छ । मधेस प्रदेशमा एक सय ४० र कर्णालीमा एकसय १८ जना डेंगीबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .