काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गत भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेको नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारेको स्टाटस फेरि देखिएको छ।
प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकोमा किन पक्राउ नगरेको भन्दै प्रश्न गरेको उक्त स्टाटस धेरै रिपोर्ट भएपछि फेसबुकले नै हटाएको मेयर शाहको सचिवालयले दाबी गरेको थियो।
ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए।
फेसबुकमा राखेको २ दिनपछि वालबाट हटेको उक्त स्टाटस शुक्रबार फेरि देखिएको छ।
फेसबुकले माफी माग्दै स्ट्याटस पुन: देखिने बनाएको हो।
सो स्टाटसप्रति आक्रामक हुँदै एमालेको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले ‘खुफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो हाल्ने काम मेयर बालेनले गरेको’ गम्भीर आरोप लगाएका थिए।
बडालको उक्त आरोपपछि मेयर बालेनले पनि जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर मात्रै राजनीतिमा उतार्न आग्रह गरेका थिए।
मेयर बालेनले सर्वोच्च र उच्च अदालतको आदेशबारे लामो स्टाटस लेखेर थप प्रष्ट पारेका थिए भने अनेरास्ववियू अध्यक्ष बडालले भिडिओ ब्रिफिङ नै गरेर मेयर बालेनले गल्ती काम गरेको बताएका थिए।
त्यसपछि चलेको विवादकाबीच प्रधानमन्त्रीको ओलीको फेसबुक पेजको फलोअर्स स्वात्तै घटेको थियो। अहिले भने ओलीको पेजमा घटेको फलोअर्स संख्या विस्तारै बढिरहेको छ।
- ओलीलाई बालेनको सुझाव– कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउनू
- ओलीलाई बालेनको प्रश्न– ८ वर्षदेखि नाबालिगलाई हिंसा गर्ने तपाईंको सांसदलाई किन नसमाएको?
- बालेनलाई अनेरास्ववियूका अध्यक्षको चेतावनी– भारतीय खुफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो नहाल्नू
- बालेनलाई अनेरास्ववियुका अध्यक्षको आरोप- तपाईँ कुनै महिलामाथि हिंसा र ज्यादती गर्दै हुनुहुन्छ
Shares
प्रतिक्रिया