ad ad

समाज


विशेषको फैसलामा चित्त नबुझेपछि आयोगले गुहार्‍यो सर्वोच्च

विशेषको फैसलामा चित्त नबुझेपछि आयोगले गुहार्‍यो सर्वोच्च

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १६:८, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

ईश्वरप्रकाश कलवार र नेत्रबहादुर चौधरीसमेत रहेको गैरनेपाली नागरिकलाई नक्कली जग्गा धनी खडा गरी बिक्री गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

अख्तियारले प्रतिवादीहरू कलवार र चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा १२ समेतको कसुरमा जनही बिगो रु ५ करोड ५ लाख ४२ हजार कायम गरी सजाय हुन माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

यस्तै, प्रतिवादीहरु टिकाराम ज्ञवाली, बुद्धिसागर तिवारी, खगेन्द्र पराजुली, मनोहरप्रसाद पन्थि, रमेशमान श्रेष्ठ, सुवास खड्का, अमृतकुमार काम्मु मगर, नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार र रविकुमार खत्रीविरुद्ध पनि विभिन्न दफाहरू प्रयोग गरी सोही बमोजिम बिगो कायम गरी असुल उपर गर्न माग गरेको थियो।

साथै, देवेन्द्रसिंह सैथवार, आसकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार (नावालक) को हकमा निजको संरक्षक आसकुमार सैथवार, तेजप्रतापसिंह सैथवार (नावालक) को हकमा निजको संरक्षक आशकुमार सैथवार, रितु कुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमा कुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गर्न मागदावी रहेको थियो।

प्रतिवादी अनुप मेहराले सम्पत्ति लिने खाने किसिमको मतियार भई कसुर गरेको ठहर सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

विशेष अदालतले गत २०८० पुस ५ को फैसलाबाट सफाई दिएपछि अख्तियारले शुक्रबार (भदौ २१ गते) सर्वोच्चमा पुनरावेदन गरको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .