ad ad

समाज


३ प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने अनुमान

३ प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने अनुमान

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०८१ बिहिबार ६:३२, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली छ। 

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहीबार बिहान भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेकाे बुलेटिनमा उल्लेख छ।

कस्ताे हाेला शुक्रबार र शनिबारकाे माैसम?
२०८१ भदौ २१ गते (शुक्रबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकि भू-भागका थोरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ।  कोसी , बाग्मती र कर्नाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकि भू-भागका थोरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०८१ भदौ २२ गते (शनिबार)

दिउँसोː कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

रातिː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकि भू-भागका थोरे स्स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सबै प्रदेशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .