ad ad

समाज


राति यी पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना, अरू ठाउँमा?

राति यी पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना, अरू ठाउँमा?

ललितपुरमा मंगलबार अपराह्न भएको वर्षा।


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १८:४६, काठमाडौँ

हाल (मंगलबार साँझ) देशभर साधारणतया बदली (आकाशमा बादल) छ भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज रातभर मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

अनि कोसी, मधेस, लुम्बिनी र बागमती  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ। 

काठमाडौँ उपत्यकामा पनि वर्षा जारी
यतिबेला काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। 

मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकामा अपराह्नदेखि वर्षा भइरहेको हो। 

‘अहिले अपराह्नभन्दा वर्षा केही कम भएको छ’, उनले भने, ‘उपत्यकाको आकाशभरि बादल छ, तर पानी भने सबै ठाउँमा परिरहेको छैन।’

उनका अनुसार उपत्यकाका आज हल्कादेखि मध्यम वर्षा भएको छ। वर्षा राति पनि जारी रहनेछ। 

‘काठमाडौँ उपत्यकामा आजलाई भारी वर्षा हुने सम्भवना देखिएको छैन,’ उनले भने।

तर स्थानीयले भने आज अपराह्न ४ बजेतिर ललितपुरमा ठूलो पानी परेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .