ad ad

समाज


आठ महिनामा ६ हजारभन्दा धेरैलाई डेंगी संक्रमण, गण्डकी र बागमतीमा उच्च जोखिम

आठ महिनामा ६ हजारभन्दा धेरैलाई डेंगी संक्रमण, गण्डकी र बागमतीमा उच्च जोखिम

फाइल फोटो


नेपालखबर
भदौ १७, २०८१ सोमबार १६:७, काठमाडौँ

पछिल्लो आठ महिनामा ६ हजार भन्दा धेरै मानिसमा डेंगीको संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७५ जिल्लामा यसको संक्रमण फैलिइसकेको छ। ७५ जिल्लाका ६ हजार ३ सय ४७ जना डेंगीबाट संक्रमित भएका छन्।

यस अवधिमा डेंगीबाट ३ जनाको मृत्यु भएको छ।

महाशाखाका अनुसार हाल गण्डकी र बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमण देखिएको छ। यी दुई प्रदेश उच्च जोखिममा छन्। २९ सय ५४ जनामा यसको संक्रमण देखिएको छ। यो कुल संक्रमणको ४६.५ प्रतिशत हो।

यसैगरी, बागमती प्रदेशमा १६ सय २३ मानिस संक्रमित भएका छन्। सबैभन्दा कम संक्रमण कर्णाली प्रदेशमा छ। १० जिल्ला रहेको यस प्रदेशमा ९३ जना संक्रमित छन्।   

उच्च संक्रमण रहेको १० जिल्लामा तनहुँ पहिलो नम्बरमा छ। यहाँ १ हजार १ सय १६ जनामा संक्रमण फैलिएको छ। कास्की जिल्लामा ६ सय ४५, पर्वतमा ५ सय ८७, चितवनमा ५ सय १७ र काठमाडौँमा ५ सय ११ जनामा डेंगीको संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .