सिराहामा विषालु सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ।
सखुवानन्कारकट्टी गाउँपालिका ३ परिहारपुर गाउँ माइत भएकी करिब ३० वर्षीया सरिताकुमारी सदायको गोमन सर्पले डस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
धामीझाँक्रीको भर परेर उपचारमा ढिलाई गर्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन्।
शौचालयबाट फर्किने क्रममा शनिबार दिउँसो करिब ३ बजेतिर उनलाई देब्रे खट्टामा गोमन सर्पले डसेको थियो। सर्पले डसेको थाहा पाएपछि घरका मानिसले डसेको भागमाथि डोरीले बाँधेर उनलाई गाउँकै धामी झाँक्रीकोमा पुर्याएका थिए।
उनको अवस्था गम्भिर बन्दै गएपछि धामीले उनलाई अस्पताल लैजान सुझाव दिएपछि लहान अस्पताल लगिएको थियो।
गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनको उपचार शुरु भए लगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर विवाह भएकी उनी माइतीमै बस्दै आएकी थिइन्। उनको शव आइतबार पोष्टमार्टम गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया