ad ad

समाज


संसदीय छानबिन समितिमा आधा दर्जन सहकारीका पीडितले बुझाए ज्ञापन

संसदीय छानबिन समितिमा आधा दर्जन सहकारीका पीडितले बुझाए ज्ञापन

नेपालखबर
भदौ १२, २०८१ बुधबार १९:४७, काठमाडौँ

सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिमा करिब आधा दर्जन सहकारी संस्थाका पीडितरूले ज्ञापन पत्र बुझाएका छन्।

बुधबार सहारा चितवन, सानो पाइला वीरगञ्ज, सूर्यदर्शन पोखरा, सुप्रिम बुटवल र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंका पीडितहरूले विशेष समितिमा ज्ञापन पत्र बुझाएका हुन्।

सो क्रममा पीडितहरूले नयाँ जानकारी, तथ्य र सम्बन्धहरू राखेको सभापति सूर्य थापाले जानकारी दिएका छन्।

सहकारी रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिले ती सहकारीका सञ्चालकहरूसँग बयान लिईसकेको छ।

बयान अन्तिम चरणमा पुर्याएको समितिले हाल प्रतिवेदन लेखनमा केन्द्रित रहेको सभापति थापाले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .