ad ad

समाज


शङ्खमूलमा स्नुकर हाउस सञ्चालकको शंकास्पद मृत्यु

शङ्खमूलमा स्नुकर हाउस सञ्चालकको शंकास्पद मृत्यु

नेपालखबर
भदौ १०, २०८१ सोमबार २१:६, काठमाडौँ

काठमाडौंको शङ्खमूलमा आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रुपक बान्तवाको आज मृत्यु भएको छ।

जिल्ला पहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार काठमाडौँ महानगरपालिका–१० शङ्खमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’का सञ्चालक बान्तवाको मृत्यु भएको हो।

अधिकारीकानुसार बान्तवा आज बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए। उक्त जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेर प्रहरीले उद्धार गरी उपचारका लागि सिभिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .