ad ad

समाज


यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)

बिहानैदेखि अवरुद्ध मुग्लिन–आँबुखैरेनी सडक खुल्यो
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)

नेपालखबर
भदौ १०, २०८१ सोमबार १४:४१, काठमाडौँ

मर्स्याङ्दीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ। सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको थियो। 

सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो।

जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, भर्खरै सडकमा बस निकालिएको छ। 

बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको थियो। उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका थिए।

बस सडकमा निकालेसँगै अब बन्द गरिएको सडक पनि खुल्ने एसपी शाहीले बताए।

नदीभन्दा थोरै माथि रहेको पहराका कारण बस निकाल्न समस्या भएको थियो। अर्को क्रेनको सहायतमा बस नदीबाट निकालिएको हो। 

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए।

मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ। अर्का एकजना मर्स्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको छ। 

सबै तस्बिरहरू : मुग्लिन बजार फेसबुक वालबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .