ad ad

समाज


डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र निर्माण गर्न यस्तो बन्यो समिति

डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र निर्माण गर्न यस्तो बन्यो समिति

नेपालखबर
भदौ १०, २०८१ सोमबार ७:४६, काठमाडौँ

डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र निर्माण गरिने भएको छ। डेनमार्कमा बसोबास गर्ने नेपालीले बृहत् भेला गरेर सांस्कृतिक केन्द्र निर्माण गर्ने निर्णय गरेका हुन्। 

कार्यक्रममा सांस्कृतिक केन्द्र भवन निर्माण कार्यलाई अघि बढाउन संयोजन टिम गठन गरिएको छ।
 
करिब एक सय ५० जनाको उपस्थिति रहेको भेलामा तीनै पुस्ताका नेपालीको उल्लेखनीय सहभागिता थियो। 

डेनमार्कमा स्थायी तथा अस्थायी रुपमा बस्दै आएका नेपाली प्राज्ञिक व्यक्ति, व्यवसायी र विद्यार्थी कार्यक्रममा सहभागी थिए। 

कार्यक्रममा द्रोण घिमिरे, डा.रवि क्षेत्री, डा.राजन ढकाल, सागर कोइराला, विष्णु ज्ञवाली, कृष्ण धानुस, सूर्य प्रजापति, ज्योति तुलाधर, दिपेन्द्र ठकुरी लगायत सहभागी थिए। 

कार्यक्रममा दुई वर्षअघि नेपाली सांस्कृतिक केन्द्र निर्माणको सम्भाव्यता अध्ययन सुरु गरेको समूहले निरन्तर परामर्शको आधारमा तयार परेको रिपोर्टको परिणाम प्रस्तुत गरिएको थियो। जसमा  सांस्कृतिक भवन निर्माणलाई चाहिने स्रोत साधनलगायत स्थनीय सरकारसँग गरिने समन्वयबारे चर्चा गरिएको छ।

‘डेनमार्कमा नेपाली समुदायको संख्या बढ्दै गएको छ। दुःख सुखमा, नेपाली चाडपर्वमा वा राष्ट्रिय दिवसमा नेपाली समुदायलाई बाँधी राख्न पनि सांस्कृति भवन जरुरी बन्याे,’ केन्द्र निर्माणको अगुवाइ गर्दै आएका रवि क्षेत्रीले भने, ‘नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृति चिनाइराख्न पनि नेपाली सांस्कृतिक केन्द्रको आवश्यक महशुस गरेका हौँ।’

डेनमार्कको तथ्याङ्क विभागले हालै जारी गरेको रिपोर्टअनुसार देशभरि करिब १० हजार भन्दा बढि नेपाली छन्। जसमध्ये अधिकांश कोपन हेगनमा बस्छन्।

कार्यक्रममा सबैले केन्द्र भवन निर्माणका निम्ति निस्वार्थ सहयोग गर्ने  प्रतिवद्धता जनाएका छन्। 

भेलाले नेपाली संस्कृति केन्द्र निर्माणको लागि ५९ सदस्यीय समिति गठन गरेको छ। जसले सांस्कृतिक केन्द्रका निम्ति चाहिने वित्तिय, इन्जिनियरिङ, संचार, कानूनी व्यस्था, आईटी लगायतका क्षेत्रमा काम गर्ने क्षेत्रीले जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .