समाज


बाराका तीर्थयात्री चढेको बस भारतमा दुर्घटना : यी हुन् घाइते

बाराका तीर्थयात्री चढेको बस भारतमा दुर्घटना : यी हुन् घाइते

नेपालखबर
भदौ ९, २०८१ आइतबार १७:५३, काठमाडौँ

बारा जिल्लाबाट नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ।

बाराबाट भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतवार बिहान बिहारको समस्तीपुरको एनएच (नेसनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ।

तीब्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए।

भारतीय प्रहरीका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ। उनीहरू सबैको परिचय खुलिसकेको छ।

अस्पतालमा उपचाररत घाइतेहरूमा बाराकै मुक्तिपलियाका गीता देवी, सीमाकुमारी विश्वानाथ मुखिया, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रविन्द्र कुमार रामेश्वर साह, सुवोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजलकुमारी, किशोरी साह, उषा देवीलगायत छन्।

तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेका छ्न्।

सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो।

बस र ट्रक दुवैका चालकहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad