काभ्रेको भुम्लुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग गाडी गुड्न थालेका छन्।
भुम्लु गाउँपालिका- ८ बन्देउ डाँडा भन्ने ठाउँमा पहिरो खस्दा आज बिहान साढे चार बजेदेखि अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको थियो।
राजमार्गमा माथिबाट सुख्खा पहिरोसहित रुख ढलेर अवरुद्ध भएको सडक आइतबार बिहान ८ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
चार घण्टा लगाएर पहिरो हटाएपछि सडकमा गाडी गुड्न थालेका प्रहरीकाे भनाइ छ।
42
Shares
प्रतिक्रिया