पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढीस्थित निवासअगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार नेपाली सेनाको टोली शंकास्पद वस्तु निष्क्रिय गरेको हो।
शंकास्पद झोलाभित्र माटो र माटोमुनि टिफिनजस्तो भाँडो भेटिएको उनले बताए।
आइतबार बिहान कालो रङको पुरानो झोलाबाट तार बाहिर निस्किएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो।
‘नेपाली सेनाको टोलीले अहिले शंकास्पद वस्तु निष्क्रिय बनाएको छ,’ डीएसपी बोहराले भने, ‘हामी यसबारे अनुसन्धान गर्दै छौँ।’
झोलाभित्रबाट तार बाहिर निस्किएको शंकास्पद वस्तु देखेपछि स्थानीय विस्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए।
132
Shares
प्रतिक्रिया