ad ad

समाज


३ प्रदेशमा अबको ३ दिन भारी वर्षा हुने अनुमान

कर्णाली र सुदूरपश्चिममा मेघ गर्जनसहित पानी पर्दै
३ प्रदेशमा अबको ३ दिन भारी वर्षा हुने अनुमान

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८१ आइतबार ६:५१, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर  दिशातर्फ अवस्थित छ। 

यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसमेत संभावना छ।

आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी प्रदेशमा आंशिक बदली रहने छ। 

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाकोसमेत संभावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला सोमबार र मंगलबारको मौसम? 
२०८१ भदौ १० गते सोमबार
दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

रातिː कोशी, बागमती र  गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ। कोसी, बागमती र  सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी तथा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत संभावना छ।

२०८१ भदौ ११ गते मंगलबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा २०८१ भदौ ११ गते मंगलबार मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसमेत संभावना  छ।

रातिː बागमती र मधेस प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने  छ। बागमती र  मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसमेत संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .