समाज


पोखरीमा छाडियो माछा, आकाशमा उडाइयो जोडी भँगेरा, सकियो मच्छिन्द्रनाथको जात्रा

पोखरीमा छाडियो माछा, आकाशमा उडाइयो जोडी भँगेरा, सकियो मच्छिन्द्रनाथको जात्रा

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८१ आइतबार ५:४४, काठमाडौँ

मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी दिन जोडी भँगेरा उडाएको छ भने पाटनको सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ। 

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीय किरण स्थापितले बताए।

‘रथजात्रा सकिएको जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, सोहीअनुसार मत्र्यमण्डलमा जानकारी दिन जोडी भँगेरा उडाउने र पातालमा जानकारी दिन जोडी माछा सप्तपाताल पोखरीमा छाडिन्छ, त्यही कार्य आज भयो’, स्थापितले भने।

जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न  बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो।

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो। 

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्पराअनुसार उक्त कार्य सम्पन्न भएको थियो।।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad