ad ad

समाज


आँबुखैरेनी दुर्घटना : मृतकको संख्या २० पुग्यो, २२ जना घाइते (अपडेट)

आँबुखैरेनी दुर्घटना : मृतकको संख्या २० पुग्यो, २२ जना घाइते (अपडेट)

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १६:४५, काठमाडौँ

तनहँको आबुखैरेनीस्थित ऐनापहिरोबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। 

शुक्रबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ४३ मध्ये २० जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। 

त्यस्तै, २२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार थालिएको छ। 

बसमा सवार १६ वर्षीय सदना सुहास घाइते भइ आँबुखैरेनी अस्पतालबाट चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा दिउँसाे ३ बजेर २६ मिनेटमा मृत घोषणा गरिएको हो।

उनीसँगै मृतकको संख्या २० पुगेको हो।

बाँकी घाइतेलाई स्थानीय अस्पतालमा उपचार जारी छ। 

भारतको गोरखपुरबाट दुईदिनअघि नेपाल आएका पर्यटक चढेको बस शुक्रबार बिहान तनहुँमा दुर्घटनामा परेको थियो। पोखराको मझेरी रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि प्रस्थान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .