ad ad

समाज


आँबुखैरनी बस दुर्घटना : १२ जनालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

आँबुखैरनी बस दुर्घटना : १२ जनालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १६:५२, काठमाडौँ

तनहुँको आँबुखैरनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसबाट उद्धार गरिएका १२ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत १२ जनालाई काठमाडौंको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार थप घाइते उद्धारका लागि हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको छ।

आज (भदौ ७ गते) बिहान अन्दाजी ११ः४० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस

तनहुँकोआबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो।

बसमा ४३ यात्रु रहेका प्रहरीले जनाएको छ। जसमध्ये दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने २२ जना घाइते छन्। एकजना बेपत्ता छन्।

उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू शुक्रबार बिहान काठमाडौँतिर लागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .