ad ad

समाज


प्रदेश प्रहरी समायोजन समस्या समाधान गर्न नयाँ कानुन बनाउँदै छौँ: गृहमन्त्री लेखक

प्रदेश प्रहरी समायोजन समस्या समाधान गर्न नयाँ कानुन बनाउँदै छौँ: गृहमन्त्री लेखक

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८१ बिहिबार १०:२६, जनकपुरधाम

गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुनेगरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन्। 

सिरहा र धनुषामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिताका लागि जनकपुर आइपुगेका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसद्‌मा पेस हुने जानकारी दिएका हुन्। 

प्रहरीसम्बन्धी संघीय ऐन संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका काम धमाधम हुने उनको दाबी छ। वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने जिकिर उनले गरे। 

उनले राजनितिक स्थिरता, आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशितासहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसैअनुसार कार्यसम्पादन भइरहेको दाबी उनले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .