ad ad

कारोबार


कीर्तिमानी विन्दुबाट ओर्लियो सुनको मूल्य, आज कति?

कीर्तिमानी विन्दुबाट ओर्लियो सुनको मूल्य, आज कति?

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १०:३०, काठमाडौँ

सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेर ओर्लिएको छ। 

बुधबार १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजार १ सय रुपैयाँले सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। यसअनुसार ५ रुपैयाँले घटेको चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन सुन २ हजार ५०० डलर र चाँदी २९.४२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .