ad ad

समाज


प्रहरी अस्पतालमा निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित

प्रहरी अस्पतालमा निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित

फाइल फोटो


नेपालखबर
भदौ २, २०८१ आइतबार २१:२१, धरान

कोशी प्रदेश प्रहरी अस्पतालमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भएका छन्।

प्रहरी अस्पतालको आयोजना र यहाँस्थित देवानगञ्ज गाउँपालिकाको व्यवस्थापनमा आज भएको एकदिने शिविरबाट सात सयभन्दा बढी नागरिक लाभान्वित भएका अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा सरोज सिंहले जानकारी दिए।

शिविरमा नाक, कान, घाँटीका साथै रगत, सुगर, प्रेसर जाँच र इसीजीलगायत सेवा प्रदान गरी निःशुल्क औषधिसमेत वितरण गरिएको डा सिंहले बताए।

कोशी प्रदेश प्रहरी अस्पतालले गरिरहेको सेवाको प्रचारका लागि शिविर आयोजना गरिएको उनको भनाइ छ।
‘धेरै जनामा प्रहरी अस्पतालले प्रहरी र तिनका परिवारको मात्र उपचार गर्छ भन्ने भ्रम छ। जसलाई चिर्न निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो।’

शिविरमा प्रदेश प्रहरी अस्पतालका साथै इनरुवा अस्पताल र सप्तकोशी न्यूरो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा वरिष्ठ मुख तथा अनुहार शल्य चिकित्सक, वरिष्ठ जनरल फिजिसियन, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ, वरिष्ठ अर्थोपेडिक विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञले सेवा प्रदान गरेका थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .