समाज


गट्ठाघर दुर्घटनाबारे छानबिन गर्न बनाइयो समिति, एक हप्ताभित्र प्रतिवेदन बुझाउन कार्यादेश

गट्ठाघर दुर्घटनाबारे छानबिन गर्न बनाइयो समिति, एक हप्ताभित्र प्रतिवेदन बुझाउन कार्यादेश

नेपालखबर
भदौ १, २०८१ शनिबार १६:४७, काठमाडौँ

भक्तपुरको गट्ठाघरमा गत बिहीबार (साउन ३१) गते भएको सवारी दुर्घटनाबारे छानबिन गर्न समिति बनेको छ। भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो। 

दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले उक्त समितिलाई कार्यादेश दिएको छ।

गृहमन्त्री रमेश लेखकले गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए। 

उक्त निर्देशनपछि शुक्रबार बनेको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि कोइराला सदस्य रहेका छन्।

भक्तपुरको गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो।

ट्रक चालक घटनास्थलबाट फरार भएका थिए।

उनलाई बिहीबार साँझै प्रहरीले काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad