सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिकाको थामेमा हिमपोखरी फुट्दा आएको बाढीका कारण बिस्थापित र प्रभावित परिवारलाई राहत वितरण गरिएको छ।
बाढीका कारण पूर्णरूपमा क्षति भई बिस्थापित भएका १५ परिवारलाई तत्काल बसोसबसको ब्यबस्थापनको लागिप्रति परिवार ५० हजार रुपैयाँ र आंशिक क्षति भएका ३० घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गृह मन्त्रालयले त्यो राहात वितरण गरेको हो। बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माणको लागि आवश्यक पहल गरिने बताइएको छ। बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको छ।
नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखेको बताइएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ।
Shares
प्रतिक्रिया