ad ad

समाज


मेषले नयाँ कार्य योजना बनाउने, वृष लाभदायक यात्रामा निस्कने, तपाईँको के? हेर्नुस् २ भदौको राशिफल

मेषले नयाँ कार्य योजना बनाउने, वृष लाभदायक यात्रामा निस्कने, तपाईँको के? हेर्नुस् २ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ २, २०८१ आइतबार ४:४०, काठमाडौँ

आज आइतबार, २ भदौ २०८१ (१८ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। अन्योलबीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटी औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। कुनै कुराले मन दुखी हुनसक्छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आस मारिसकेको काम बन्नेछ। विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९,सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह : सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। कतै घुम्न जाने योजना पनि बन्न सक्छ तर काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

कन्या : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा मालसामान हराउन सक्छ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। मनमा चञ्चलता पनि बढ्नेछ तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।   

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : रमणीय, सुखद् र धार्मिक यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ शुभ समाचार पनि सुन्न पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

धनु : अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ। व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९  रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२, शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनसक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ने छ। मन भावुक र उत्ताउलो बन्नसक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

मीन : साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। विद्या र वुद्धिको विकास हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६, शिक्षामा ६५ प्रतिशत रहेको छ। 

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .