न्याय सेवा आयोगले २० जना सरकारी वकिलको सरुवा गरेको छ।
सरुवा हुनेमा राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका १० जना छन्।
सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकिल कार्यालय, विराटनगर सरूवा भएका छन्।
सहन्यायाधिवक्ता राजनराज घिमिरे उच्च सरकारी वकील कार्यालय, बाग्लुङबाट उच्च सरकारी वकिल कार्यालय, जनकपुर पुगेका छन्।
सहन्यायाधिवक्ता गोविन्दराज गौली उच्च सरकारी वकिल कार्यालय, बुटवलबाट उच्च सरकारी वकिल कार्यालय, पोखरा पठाइएका छन्।
सहन्यायाधिवक्ता, सोमकान्ता भण्डारी महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालय, बुटवल सरूवा भएका छन्।
सहन्यायाधिवक्ता यदुनाथ शर्मा उच्च सरकारी वकिल कार्यालय, पोखराबाट महान्यायाधिवक्ताको कार्यालय र सहन्यायाधिवक्ता कोषहरि निरौला उच्च सरकारी वकिल कार्यालय, जनकपुरबाट बाग्लुङ पुगेका छन्।
सहन्यायाधिवक्ता मीना गुरुङको उच्च सरकारी वकिल कार्यालय, धनकुटाबाट महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथमा सरूवा भएको छ।



Shares

प्रतिक्रिया