साहित्य सन्ध्या-मन (मदनप्रसाद सत्याल-नर्मदेश्वरी सत्याल) सम्मान तथा पुरस्कार विनोद किरण बाजुरालीले पाएका छन्।
२०३९ सालमा स्थापित संस्था साहित्य सन्ध्याले शनिबार राजधानीमा एक विशेष कार्यक्रममाझ विनोदकिरणसहित ५ स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो।
बाजुरा जिल्लाको मार्तडीमा जन्मिएका विनोदका डेउडालगायत विभिन्न लोक तथा दोहोरीसम्बन्धी एक दर्जन गीति एल्बम सार्वजनिक भएका छन्। देशैभर पचासभन्दा बढी स्टेज कार्यक्रम गरिसकेका उनलाई बेस्ट लोकदोहोरी संगीतकार २०६८ र २०७० समेत प्राप्त भइसकेको छ।
डेढ दशकदेखि मालश्री नामक स्टुडियो सञ्चालन गरिरहेका छन्। दुई दर्जनभन्दा बढी चर्चित गीतहरूमा संगीत भर्ने काम पनि उनले गरेका छन्। सुदूरपश्चिम पहाडको विकट भूगोलमा जन्मिएर त्यहाँको जीवन भोगाइलाई लोकगीत संगीतका माध्यमबाट उजागर गर्ने र रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने, लोकगीत संगीतको जगेर्ना तथा प्रवर्धन गर्ने कार्यमा दुई दशकभन्दा लामो समयदेखि समर्पित भएकोले उनलाई पुरस्कृत र सम्मानित गरिएको साहित्य सन्ध्याले जनाएको छ।
यस्तै कवि शिवनारायण पण्डित, सोहिना दाहाल, सत्यदेवी खड्का र कृष्ण बजगाईं पनि कार्यक्रममा सम्मानित भएका थिए। हालसम्म यस संस्थाबाट ७३ जना मात्र सम्मानित भइसकेका छन्।
Shares

प्रतिक्रिया