खोटाङमा विद्यालय जाँदै गर्दा पहिरोमा पुरिएर एकजना शिक्षिकाको मृत्यु भएको छ।
विश्वज्योति माध्यामिक विद्यालय लामिडाँडाकी शिक्षिका ५७ वर्षीया सावित्रादेवी नेवारलाई बिहीबार बिहान पहिरोले पुरेको हो।
पहिरोले पुर्दा शिक्षिकाको घटनास्थलमै मृत्यु भएको रावाबेँसी ३ का वडाध्यक्ष विरेन्द्र मगरले जानकारी दिए।
उनी विद्यालय जाँदै गर्दा रावाबेसी गाउँपालिका ३ स्थित पाखाबाट पहिरो खसेको थियो।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुखसहितको टोली पुगेर घटनास्थल मुचुल्का लगायत आवश्यक प्रक्रिया गरिरहेको छ।
345
Shares
प्रतिक्रिया