ad ad

समाज


कोरोनाका शंकास्पद पाँच बिरामी टेकु अस्पतालमा भर्ना

कोरोनाका शंकास्पद पाँच बिरामी टेकु अस्पतालमा भर्ना

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ४:२२,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा कोरोनाभाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षणका पाँच बिरामी भर्ना भएका छन्।

अहिलेसम्म कोरोना संक्रमणको आशंकामा पाँच व्यक्ति भर्ना भएका अस्पताल स्रोतले जनाएको छ।

उनीहरु सबै चीन र दक्षिण कोरियाबाट फर्किएका व्यक्ति हुन्। उनीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएको केन्द्रका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए।

उनीहरु शंकास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको पाण्डेको भनाई छ। कोरोना भाइरसको संक्रमण भएका देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएका बिरामीलाई निगरानीमा राखिएको उनले बताए।

एक महिनाअघि नेपालमा एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। तर त्यसपछि अरू कसैमा पनि संक्रमणको पुष्टी भएको छैन।

कोरोनाभाइरसका कारण चीनसहित ११ देशमा मृत्यु हुने मानिसको संख्या तीन हजार नाघिसकेको छ। झण्डै ९० हजार संक्रमित उपचारको क्रममा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .