ad ad

समाज


चीनमा कोरोना संक्रमण दर स्वाट्टै घट्यो, डब्ल्यूएचओको टोली इरान मोडियो

चीनमा कोरोना संक्रमण दर स्वाट्टै घट्यो, डब्ल्यूएचओको टोली इरान मोडियो

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ३:४९,

चीनमा कोरोनाको महामारी फैलिएयता याे भाइरसबाट संक्रमित हुने दर अहिलेसम्मकै कममा  झरेको छ।

चिनियाँ अधिकारीहरुका अनुसार मंगलबार कोरोना संक्रमितको संख्या १ सय २५ मा सीमित भएको हाे। सोमबार यस्तो संख्या २०२ थियो।

मंगलबारकाे संख्या चीनको स्वास्थ्य निकायले कोरोनाबाट संक्रमित गणना गर्न सरु गरेयताकै सबैभन्दा न्यून हो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार थप ३१ जनाको मृत्युसँगै चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ४३ पुगेको छ।

यस्तै अहिलेसम्म कोरोनाबाट संक्रमितमध्ये ४७ हजार २०४ जना उपचारपछि निकाे पनि भएकाे चिनयाँ स्वास्थ्य अधिकारीहरुले  बताएका छन्। 

यसैबीच दक्षिण कोरियामा कोरोनाबाट संक्रमित हुने क्रम बढेकाे छ। त्यहाँ थप ४ सय ७७ जना संक्रमित भेटिएका छन्।

योसँगै कोरियामा संक्रमितको संख्या ४ हजार ८१२ पुगेको छ। हालसम्म त्यहाँ कोरोनाका कारण २८ जनाकाे मृत्यु भएकाे छ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट काेराेना भाइरसकाे संक्रमण सुरु भएकाे थियाे।

गत जनबरी २० मा पहिलोपटक संक्रमितको संख्या २९१ पुगेको भनी सार्वजनिक गरिएकाे थियो।

त्यसयता मंगलबार संक्रमित संख्या सबैभन्दा कम देखिएकाे हाे। 

विश्व स्वास्थ्य संगठनले चीनले संक्रमणलाई नियन्त्रण गरिसकेको बताउँदै उसले आफ्ना विज्ञसहितको टोली र सहयोग प्याकेजलाई इरानतर्फ मोडेको छ।

कोरोना संक्रमणबाट चीनपछि अहिलेसम्म सबैभन्दा धेरै मानिसकाे मृत्यु इरानमा भएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .