ad ad

समाज


कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन नै आत्तियो, दियो यस्तो चेतावनी

कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन नै आत्तियो, दियो यस्तो चेतावनी

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ३:३२,

अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आत्तिएको छ।

उसले यो संक्रमणले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको बताएको हो।

कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व अनुमान गर्नै नसकिने ठाउँ (अन्चार्टर्ड टेरटरी) बनेको डब्ल्यूएचओले जनाएको हाे।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना एकदमै अचम्म खालको भाइरस भएको बताएका छन्।

तर यसलाई उपयुक्त उपाय अवलम्बन गरेर नियन्त्रण गर्न सकिने पनि उनले बताएका छन्।

विश्वभर कोरोनाका कारण ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेकाे छ। मृत्यु हुनेमा धेरै चीनका छन्। चीनको उहान कोरोना भाइरसको उद्गमस्थल हो।

तर केही दिनयता चीनभन्दा बाहिर यसको संक्रमण ९ गुणा बढेको बीबीसीले उल्लेख गरेको छ।

चीनबाहिर सबैभन्दा धेरै संक्रमण फैलिएका देशमध्ये इटलीमा सोमबार काेराेनाका कारण मर्नेकाे  संख्या ५२ पुगेको छ।

कोभिड-१९ अर्थात् काेराेना भाइरसविरुद्ध संघर्ष गर्न सबैलाई एउटै उपायले काम नगर्ने भन्दै डा‍. गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्था विचार गरेर राेकथाममा लाग्न सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ।’

७० भन्दा बढी देशमा फैलियो
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म चीनसहित विश्वका ७० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिसकेको छ। 

उक्त भाइरसबाट ९० हजार मानिस संक्रमित भएकाे पुष्टि भइसकेकाे छ। तीमध्ये झन्डै ९० प्रतिशत संक्रमित चीनका छन्। 

चीनबाहिर ८ हजार ८ सय जनामा कोरोना संक्रमण भएको डब्ल्यूएचओले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .