ad ad

समाज


पेरिस ओलम्पिक : म्याराथनमा आज सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्ने

पेरिस ओलम्पिक : म्याराथनमा आज सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्ने

नेपालखबर
साउन २७, २०८१ आइतबार ७:१२, काठमाडौँ

युनिधर्सियालिटी कोटाबाट ओलम्पिकमा पुगेकी सन्तोषीले १० दिन पेरिसमा अभ्यास गरेकी थिइन्। 

पछिल्लो समय सन्तोषी फुल म्याराथनमा अभ्यस्त हुदैछिन्। यसअघि उनले १० हजार, ५ हजार र अन्य विधामा स्पर्धा गर्दै आएकी थिइन्। 

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा सन्तोषीले ऐतिहासिक स्वर्ण पदक जितेकी थिईन्। सन्तोषीको सहभागितासँगै ओलम्पिकमा नेपालको चुनौती सकिनेछ। 

ओलम्पिकमा नेपालका ६ खेलाडीले सहभागिता जनाएर फर्किसकेका छन्। ओलम्पिकमा पौडीका एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए। 

शाह बाहेक टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए। 

ओलम्पिकको अन्तिम दिन आज २३ पदकको टुङ्गो लाग्नेछ। पदक तालिकामा अहिलेसम्म ३९ स्वर्ण, २७ रजत र २४ कास्य पदकसहित कुल ९० पदक जितेको चीन शीर्ष स्थानमा छ। 

३८ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकसहित कुल १ सय २२ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ। १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जितेको अष्टे«लिया तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .