ad ad

समाज


सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशंका

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशंका

नेपालखबर
साउन २६, २०८१ शनिबार १८:५५, मलंगवा (सर्लाही)

सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा आज एक युवक मृत फेला परेका छन्। टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ। 

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। 

मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बतँए।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाएको छ।

घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए।

डुबेर तीन वर्षीय बालकको मृत्यु 
सर्लाहीकै चक्रघट्टा गाउँपालिका–३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर एक नबालकको मृत्यु भएको छ।

स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा आज घर नजिकको ढाङ्ग्राखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए। 

खोलामा डुबेका बालकलाई उद्धार गरी आज दिउँसो १ बजे प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

मृतक नबालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .