ad ad

समाज


महाराजगञ्ज मनमोहन अस्पतालको छतबाट हाम फालेर युवकको मृत्यु

महाराजगञ्ज मनमोहन अस्पतालको छतबाट हाम फालेर युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८१ शनिबार १८:४३, काठमाडौँ

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको छैटौँ तलाबाट हाम फालेर एक जना युवकको निधन भएको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एवं एसपी नवराज अधिकारीका अनुसार, छैटौँ तलामा रहेको एस क्याफेको छतबाट हाम फालेका ती युवाको उपचारका क्रममा निधन भएको हो। 

शनिबार दिउँसो करिब ३ बजेको समयमा गोकर्णेश्वर–४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्यको निधन भएको हो। 

क्याफेमा कफी पिएर बसिरहेका आचार्यले छतबाट हामफालेका हुन्।

छतबाट हाम फालेपछि उनलाई तुरुन्तै सोही अस्पतालको इमर्जेन्सीमा उपचार थालिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको एसपी अधिकारीले जानकारी दिए। 

प्रहरीका अनुसार, उनी अस्पतालमा उपचाररत बिरामी वा बिरामीका आफन्त नरहेको पाइएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .