ad ad

समाज


सिन्धुपाल्चोकसहित ३ जिल्लामा धेरै भारी वर्षा

सिन्धुपाल्चोकसहित ३ जिल्लामा धेरै भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार ८:५०, काठमाडौँ

पछिल्लो २४ घण्टामा तीन जिल्लाका एक÷एक स्थानमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८:४२ बजे जनाएअनुसार बितेको २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक र बैतडीमा धेरै भारी वर्षा भएको हो। 

महाशाखाको विवरणअनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरको सुन्दरपुरमा १३०.२ मिलिमिटर, सिन्धुपाल्चोकको बाह्रबिसेमा ११४ मिलिमिटर र बैतडीको सिद्धपुरमा १०७.४ मिलिमिटर वर्षा भएको हो। 

मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी तथा सय मिलिमिटरभन्दा बढीको वर्षालाई धेरै भारी वर्षा भनिन्छ। 

गत २४ घण्टामा भारी वर्षा त देशका धेरै स्थानमा भएको मौसम महाशाखाको विवरणले देखाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .