ad ad

समाज


देशभर २५ जनामा हैजा संक्रमण, गोदावरीमा १६, टोखामा ८

देशभर २५ जनामा हैजा संक्रमण, गोदावरीमा १६, टोखामा ८

नेपालखबर
साउन १९, २०८१ शनिबार १५:३२, काठमाडौँ

मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको संख्या २५ पुगेको हो। 

पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा ८ र कैलालीको धनगढी उपमहानगरपालिकामा १ जनामा हैजा संक्रमण देखिएको इडीसीडीले जनाएको छ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .