काठमाडौँबाट एक जना भारतीय महिला बेपत्ता भएकी छन्।
साउन १५ गतेदेखि भारतको कलकता घर भई काठमाडौँको बत्तिसपुतली बस्ने ७५ वर्षकी सविता रक्षित हराएको भन्दै उनकी छोरी निता मजुमदारले प्रहरी वृत्त गौशालामा निवेदन दिएकी छन्।
सबिता साँझ ५ बजेतिरदेखि सम्पर्कबिहिन रहेको उनकी छोरीले दिएको निवेदनमा उल्लेख छ।
उनले काठमाडौँ वा भारत गएको हुनसक्ने आशंका गरेकी छन्।
आमा खोजिदिन र फेला परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन पनि परिवारले आग्रह गरेको छ।
51
Shares
प्रतिक्रिया