ad ad

समाज


कोरोनाको आशंकामा टेकु अस्पतालले गर्‍यो चारजनालाई भर्ना

कोरोनाको आशंकामा टेकु अस्पतालले गर्‍यो  चारजनालाई भर्ना

नेपालखबर
फागुन १८, २०७६ आइतबार १६:१९,

उपचारका लागि आएका चार जना वयस्क पुरुषमा कोरोनाको जस्तै लक्षण हुनसक्ने आशंकामा उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ‘आइसोलेसन’ वार्डमा राखिएको छ।

कोरियाबाट आएका ३ जना र चीनबाट आएका १ जना पुरुषमा रुघाखोकी, ज्वर लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई भर्ना गरिएको सो अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले नेपालखबरसँग भने।

‘कोरोना फैलिएका मुलुक कोरिया र चीनबाट आएको उनीहरुमा रुघाखोकी, ज्वरो लगायतका केहि लक्षणहरु देखिएको हुँदा आइसोलेसनमा राखिएको हो। यो नियमित प्रक्रिया हो,’ उनले भने। ‘१४ दिन राखेर जाँचहरु गरेपछि मात्र थप जानकारी हुनेछ।’

ती मुलुकबाट नेपाल आएर आ–आफ्ना घर गइसकेका उनीहरु पछि रुघाखोकी लागेर अस्पताल आउँदा ती लक्षण देखिएपछि भर्ना गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .