ad ad

समाज


खेल्न गएका बालककाे बिजुली पोलमा किचिएर मृत्यु

खेल्न गएका बालककाे बिजुली पोलमा किचिएर मृत्यु

शैलेन्द्र महतो
फागुन १८, २०७६ आइतबार ११:५२,

धनुषामा बिजुलीको पोलमा किचिएर स्कुले बालकको मृत्युु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी वर्ष १० का आशिक गडेरीको बिजुलीको पाेलमा किचेर मृत्यु भएको हो।

स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक आशिक आइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर नजिकै जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। बालक पोलमाथि बस्न खोज्दा ढलेर जिउमै किचिएपछि घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ।

बालक किचिएको जानकारी हुनासाथ ५० मिटरको दुरीमा मात्र रहेको ईलाका प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल धनुषाधाम घटनास्थल पुगेर डोजर लिएर पोल हटाएको थियो। स्थानीयका अनुसार तबसम्म बालकको मृत्यु भइसकेको थियो।

बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ। विद्युत प्राधिकरणको लापरवाहीले बालककाे मृत्यु भएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .