ad ad

खेल


खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने

खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने

नेपालखबर
फागुन १८, २०७६ आइतबार १२:५,

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि रुस्लान थ्रीस्टार र आयोजक सुदुरपश्चिम-११ भिड्ने भएका छन्।
धनगढी रगंशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा अर्को ए डिभिजन क्लव हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफमा १ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा कुनै गोल गर्न सकेन। थ्रीस्टारका लागि आशिष राईले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा गोल गरे। थ्रीस्टारका अशोक खवासको कर्नर प्रहारमा सन्जोक राईले गरेको हेडरमा आशिषले जाली चुमाएका थिए।

आजको खेलको म्यान अफ दि म्याच अनन्त तामाङ बने। उनले १० हजार रुपैयाँ पाए।

यसअघि शनिबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई २–१ ले हराउँदै आयोजक सुदुरपश्चिम–११ पहिलो पहिलो पटक उपाधि नजिक पुगेको हो।

उपधि भिडन्त पर्सि मगंलबार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले २१ लाख १ हजार तथा उपविजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .