ad ad

समाज


वीर अस्पतालको जनशक्ति सानो होइन, तर पनि गुनासो नआउने गरी सेवा दिन सकेका छैनौं : स्वास्थ्यमन्त्री

वीर अस्पतालको जनशक्ति सानो होइन, तर पनि गुनासो नआउने गरी सेवा दिन सकेका छैनौं : स्वास्थ्यमन्त्री

नेपालखबर
साउन १२, २०८१ शनिबार १७:२५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकै जेठो वीर अस्पतालको सेवा प्रवाहमा सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन्।शनिबार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पताल भित्रका सबै एकाइहरूको समन्वय हुन आवश्यक रहेको बताए।

अस्पतालको व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर  गर्दै मन्त्री पौडेलले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ। इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ। अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने जनगुनासो छ। सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौं। ती कति सत्य होलान् र कति असत्य होलान्। तर हामीले ती गुनासोलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ।’ 

उनले थपे, ‘यहाँ प्रशासनिक, चिकित्सक र प्राविधिकसहित १८ सय जनशक्ति भएको जानकारी प्राप्त गरेको छु। त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन। त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ। त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन जरुरी छ। एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ।’


कार्यक्रममा  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अति विशिष्ट सेवाहरूमा धेरे केन्द्रित गरिरहेको बताए। उनले भने, ‘विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरेका छौं। यो वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनोस्। जसमा बिरामीले आउँदा सहज र गुणस्तरीय सेवा पाउन सकुन्। हामीले वीर अस्पतालको स्तरोन्नतिका लागि केही कामहरु गरेका थियौँ। अहिले पनि विभिन्न चरणमा अघि बढेका छौं।'

'खासगरी हाम्रा केही समस्या छन्। जसलाई केही समयमै हल गर्न काम गरिरहेका छौं। हाम्रोमा इमर्जेन्सीमा आउने बिरामीहरुलाई समस्या छ, हामी त्यो सेवालाई सय बेडको स्तरोन्नति गर्न यस वर्ष बजेट राखेका छौं। हामी टेण्डरको प्रक्रियामा छौं। चाँडै अघि बढाउँ छौं। आइसियूको एक सय बेडमा लैजाने गरी हामीसँग क्षमता छ, त्यसलाई चाँडै पूरा गर्छौं। हामीले योग्यता/क्षमताको आधारमा सय जना नर्स राखेका छौं,' उनले थपे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .