ad ad

समाज


टीकापुरमा चितुवाले आक्रमण गर्ने त्रास

टीकापुरमा चितुवाले आक्रमण गर्ने त्रास

नेपालखबर
साउन ९, २०८१ बुधबार ८:२६, काठमाडौँ

टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिसमाथि पनि आक्रमण गर्न थालेपछि त्रास बढेको हो।

केही दिनअघि वडा नम्बर ८ फाटाका २२ वर्षीय अरविन चौधरीलाई चितुवाले झम्टेको थियो। उनको शरीरमा घाउ लागेको छ। यद्यपि उनी अहिले खतरामुक्त छन्। राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ। 

गाउँमा चितुवाको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको ३०० मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरीले बताए। ‘अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ’, उनले भने, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम हुन्छ।’

यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए। पारिबाट हात्ती, बाघ र चितुवा आउँछन्। टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ। 

वडा नं ८ मा चितुवामात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन्। हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उहाँले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उहाँको कथन छ।

सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए।

 ‘केही महिनादेखि जंगली जनावरको आक्रमण बढेको जानकारी आएको छ’, उनले भने, ‘त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ।’

डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सचेत गराएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .