ad ad

समाज


राति देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना, बढी कुन प्रदेशमा?

राति देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना, बढी कुन प्रदेशमा?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
साउन ८, २०८१ मंगलबार २०:७, काठमाडौँ

हाल (मंगलबार बेलुका) देशभर मौसम साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) छ भने बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

साथै गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .