ad ad

समाज


आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीकाबीच पनि दर्शन गर्न आएका भक्तजन। तस्बिर : हरिराम भेटुवाल / रासस


नेपालखबर
साउन ७, २०८१ सोमबार ७:५३, काठमाडौँ

साउनको पहिलो सोमबार आज काठमडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। 

झरीको पर्वाह नगरी राति नैदेखि श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन गर्न गएका हुन्।

आज साउनको पहिलो सोमबार भएकाले देशैभरीका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ। 

साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयहरुमा भीड लाग्ने गर्छ। 

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ। 

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .