ad ad

समाज


सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

मधेसका डीआईजी यज्ञविनोद पोखरेल र एसपी रवीन्द्रबहादुर सिंहसहितको टोली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

घटनास्थल


नेपालखबर
साउन ७, २०८१ सोमबार ८:२१, काठमाडौँ

सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। 

गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

घरमा एक्लै सुतेको बेला राति १ बजे धारिलो हतियारले टाउकाेमा प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो।

घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेको छ।

‘घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘तालिम प्राप्त कुकुरसहितको टोली प्रदेश प्रहरी कार्यालयबाट पनि आएको छ। हामी घटनास्थलमै छौँ। हत्यामा प्रयाेग भएकाे एउटा धारिलाे हतियार फेला परेकाे छ। थप अनुसन्धान हुँदैछ।’

प्रहरीले मुचुल्का उठाएर शव पाेष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ। 

राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए। उनी अहिले पनि राप्रपामै आवद्ध रहेका स्थानीयले बताएका छन्। 

रायका पत्नी र छोरा-बुहारी काठमाडौँमा बस्ने गरका स्थानीयले बताएका छन्। 

‘उहाँ पनि केही दिनअघि मात्रै घरमा आउनु भएको खुलेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्याको कारण खुलेको छैन। घरमा एक जना कामदार र उहाँ मात्रै बस्ने गरेको पाइएको छ।’

अहिले घटनास्थलमा ठूलाे संख्यामा स्थानीय भेला भएका छन्। सोही घरमा बस्दै आएका एक युवकले तीन जनाको संख्यामा आएका अज्ञात व्यक्तिले रायकाे हत्या गरेको बयान दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .