ad ad

समाज


करिब ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश, परराष्ट्रमन्त्रीको सूचना– अनलाइन फर्म भर्नू

भारतीय भूमिबाट फर्कन हुँदैछ समन्वय
करिब ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश, परराष्ट्रमन्त्रीको सूचना– अनलाइन फर्म भर्नू

बंगलादेशमा विद्यार्थीको आन्दोलनबाट फैलिएको अशान्ति रोक्न सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू (तस्बिर : एएफपी)


नेपालखबर
साउन ५, २०८१ शनिबार २२:१८, काठमाडौँ

बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्न थालेपछि झण्डै ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेको सरकारले जानकारी गराएको छ। 

परराष्ट्र मन्त्रालयले शनिबार ढाका विमानस्थल र सम्बन्धित सीमा नाकाहरूबाट विद्यार्थीहरूलाई सुरक्षित नेपाल फर्कन समन्वय भइरहेको जानकारी पनि दिएको छ।

सरकारी जागिरमा आरक्षणको विरोध गर्दै भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि बंगलादेश छाड्नेको संख्या बढेको छ। त्यस क्रममा नेपाली विद्यार्थी पनि स्वदेश फर्कन थालेका हुन्।

‘बंगलादेशका विश्वविद्यालय तथा सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूसँग नजिकबाट समन्वय गर्दै आएको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

यसैबीच, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आकस्मिक सूचना जारी गर्दै समस्यामा परेका विद्यार्थीले अनलाइन आवेदन दिन आग्रह गरेकी छिन्। बंगलादेशमा रहेका सदस्यका आफन्तले पनि आवेदन दिन सक्ने परराष्ट्रमन्त्री राणाको भनाइ छ। 

‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिंकमा अनलाइन निवेदन दिनुहुन अनुरोध छ,’ परराष्ट्रमन्त्री राणाले भनेकी छिन्।

प्रदर्शनकारी र सरकारी पक्षबीच भएको झडपमा अहिलेसम्म १०५ जनाको मृत्यु भइसकेको छ भने करिब १ हजार ५ सय विद्यार्थी घाइते भएका छन्।

अवस्था तनावपूर्ण बन्दै गएपछि नेपालले भारतले पनि नेपाली विद्यार्थी फर्काउन सहयोग थालेको छ।

भारतीय भूमि हुँदै नेपाल आउने विद्यार्थीलाई समन्वय गर्न भारतस्थित नेपाली दूतावासको आग्रह अनुसार विद्यार्थीसँग समन्वय गर्ने काम भइरहेको दुतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बताए।

सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षण दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोसित हुँदै प्रदर्शनमा उत्रिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .