ad ad

समाज


त्रिशूली अपडेट : एन्जल डिलक्सका मालिकसहित १७ जनाको सनाखत

शनिबार फेला परेन एउटा पनि शव
त्रिशूली अपडेट : एन्जल डिलक्सका मालिकसहित १७ जनाको सनाखत

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८१ शनिबार १९:२७, काठमाडौँ

गत असार २८ गते (शुक्रबार) दुईवटा बससहित त्रिशूलीमा खसेर बेपत्ता भएका यात्रुहरूको खोजी जारी छ। प्रहरीका अनुसार, शनिबारसम्म २५ जनाको शव फेला परेको छ भने अझै ३७ यात्रु बेपत्ता छन्।

चितवनको सिमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले फेला पारेकामध्ये ८ वटा शवको सनाखत हुन सकेको छैन। १७ जनाको भने शव सनाखत भएको छ। 

पछिल्लो अपडेट अनुसार, बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सका मालिक पनि सोही बसमा सवार थिए। भक्तपुरको चाँगुनारायण–५ घर भएका राजेन्द्र लामिछाने सोही बसका मालिक रहेको प्रहरीले बताएको छ। उनको शव भारतको बगाहमा फेला परेको हो।

शनिबार दिउँसो प्रहरीले कुनै शव पनि फेला पार्न सकेको छैन।

एञ्जलसहित काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोसँगै बगेरको थियो।

बेपत्ता यात्रुको खोजीमा आजदेखि भारतको खोज तथा उद्धार टोली पनि खटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .