ad ad

समाज


बालेन्द्रले यस्तो बनाउँदै छन् काठमाडौँ, हेर्नुहोस् २५ चित्रमा

बालेन्द्रले यस्तो बनाउँदै छन् काठमाडौँ, हेर्नुहोस् २५ चित्रमा

चित्रहरूः काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले तयार पारेको डीपीआरबाट


नेपालखबर
साउन २, २०८१ बुधबार १२:३५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले महानगर क्षेत्रमा सञ्चालन हुने एकसय २५ वटा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ। 

एक अर्ब ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमानसहितको डीपीआर तयार गरिएको आयोगका उपाध्यक्ष डा.सुमनसिंह भण्डारीले जानकारी दिए। 

डीपीआर तयार भएकामध्ये ५८ वटा योजना विभिन्न वडाहरुबाट माग भएर आएका हुन्। सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, सार्वजनिक निर्माण विभागका ६ वटा, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३ ३ वटा छन्। यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका एक-एकवटा आयोजनाका डीपीआर बनेका हुन्। 

‘माग भएका योजनाको डीपीआर नहुँदा विगतमा पुँजीगत खर्च बढ्न सकेको थिएन। अब महानगरपालिकाको पूँजीगत खर्च बढ्ने विश्वास हाम्रो छ,’ भण्डारीले भने, ‘गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर निर्माण पूरा भएको छ।’  

निर्माण भएका डीपीआरको कार्यान्वयनबाट मात्र नतिजा मापन गर्न सकिने उनले बताए।

‘विभिन्न आयोजनाका डीपीआर बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया भएको छ। संरचनालाई मौलिक शैली झल्किने बनाउन भौगोलिक अवस्थासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था पनि विश्लेषण गरिएको छ,’ उनले भने।

आयोगका सदस्यसमेत रहेका आर्किटेक्ट बाबुराम भट्टराईले डीपीआर बनेका योजनाको कार्यान्वयन सुनिश्चित भएको बताए। ‘डीपीआर बन्नु भनेको योजना कार्यान्वयन सहज हुनु हो। निर्धारण गरिएको अवधिभित्र आयोजनाको निर्माण पूरा हुने विश्वास बढ्नु हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .