ad ad

समाज


काभ्रेकी २७ वर्षीया युवतीले दिइन् आफ्ना ३० वर्षका पतिलाई कलेजो

काभ्रेकी २७ वर्षीया युवतीले दिइन् आफ्ना ३० वर्षका पतिलाई कलेजो

कलेजो प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी/ फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८१ आइतबार ८:२७, काठमाडौँ

काभ्रेकी २७ वर्षीया एक युवतीले आफ्नो कलेजो दिएर आफ्ना ३० वर्षीय पतिको ज्यान जोगाएकी छन्। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले २७ वर्षीया पत्नीको कलेजो ३० वर्षीय पतिमा प्रत्यारोपण गरेको हो।

विदेशी चिकित्सकको सहयोगबिना नेपाली चिकित्सक टोलीले मात्रै काभ्रेका ती युवकमा कलेजो प्रत्यारोपण गरेको त्रिवि शिक्षण अस्पताल स्रोले जनाएको छ। 

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ती युवकमा कलेजो प्रत्यारोपण गरिएको हो। 

डा. भण्डारीले शिक्षण अस्पतालको जनशक्तिले विदेशी चिकित्सकको सहाराबिनै कलेजो प्रत्यारोपण गरेका बताए। योसँगै त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म १५ जनामा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ।  

यसअघि विदेशी चिकित्सकको सहारामा कलेजो प्रत्यारोपण गर्दै आएको त्रिवि शिक्षण अस्पतालले गएको माघमा पहिलोपटक नेपाली चिकित्सकबाट मात्र नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो। 

ती पुरुषलाई पनि उनकी ४० वर्षीय पत्नीले कलेजो दान गरेकी थिइन्। 

नेपालमा कलेजो प्रत्यारोपण गर्न २० देखि २५ लाख रुपैयाँ लाग्ने गरेको त्यो क्षेत्रका विज्ञले बताएका छन्। जबकि यही उपचार भारतमा गर्दा झण्डै दोब्बर बढी खर्च हुने गरेको छ। 

कलेजोको टुक्रा दिएर आमाले बचाइन् तीन वर्षीय छोरा

श्रीमतीले कलेजो दिएपछि पाए दोस्रो जीवन

३० वर्षीय युवतीले ३१ वर्षीय श्रीमानलाई दिइन् कलेजो

मदिरा मात्र होइन, यी खानाले पनि बिगार्न सक्छ कलेजो

पत्नी र छोरीले कलेजो दिएपछि दुई पुरुषले पाए पुनःजीवन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .